Friday, May 24, 2013

परदेशिएको मन

0 राय सुझाबहरु
प्रतिकृया:- 
परदेशिएको मन  http://www.ekantipur.com/saptahik/category.php?id=146


दिनानु दिन देशको बिग्रदो राजनैतिक अवस्था , गरिवी, बेरोजगारले आकान्त नेपालीहरु अनेकन बाध्यता विवशतामा बिदेशिन बाध्य छन् । त्यही हुलमा मिसिएको म पनि केहि बर्ष देखि विदेशमा छु । रहरले भन्दा कहरले नै विदेशिएको म आफ्नो गाउँघर सम्झेर बेला बेलामा मर्माहित हुन्छु ।

Thursday, May 9, 2013

मेरो आखाँको दृष्टि हुन् मेरी आमा

0 राय सुझाबहरु
प्रतिकृया:- 
 मेरो आखाँको दृष्टि हुन् मेरी आमा

आमा शब्द सुन्दैमा आफैमा अवर्णनीय छ । पवित्र र धन्य हुन्छ मन . यसैले आमाको सम्मान र प्रतिष्ठा अतुलनीय मानिएको हो । शास्त्रमा वर्णन गरे अनुसार आमाको गौरब गुरुभन्दा दश लाख आचार्यभन्दा
लाख तथा पिताभन्दा हजार गुना बढी भएको बताइन्छ । वास्तवमा नारीको
अस्तित्व विशेषतः मातृत्वमा नै समाहित हुन्छ । गर्भधारणपछि नौ महिनासम्म

Wednesday, May 1, 2013

मनमा गडेको मान्छे (कविता )

0 राय सुझाबहरु
प्रतिकृया:- 
मनमा गडेको मान्छे (कविता )

धेरै मान्छेको भीडमा एक
तर आखाँको नानी
हृदयको हाँगामा बसेको
अजम्बरी साहित्य अनुराग
मनको आँगनमा

Tuesday, April 23, 2013

हाईकुहरु

0 राय सुझाबहरु
प्रतिकृया:- 

हाईकुहरु 

जुनेली रात
मनका मृगतृष्णा
रुझे परेली !

Sunday, April 21, 2013

समाचार

0 राय सुझाबहरु
प्रतिकृया:- 

वैज्ञानिक क्षेत्रमा नेपालका उपलब्धिहरू

काठमाडौ, वैशाख ८ - नेपालले आफ्नै भू-उपग्रह (सेटलाइट) राख्नका लागि आवश्यक पर्ने स्थान अन्तरिक्षमा छुट्याइदिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) समक्ष आग्रह गर्‍यो । सूचना तथा सञ्चार मन्त्रालयले भू-उपग्रह राख्नका लागि आवश्यक पर्ने अर्बिटल स्लट छुट्याइदिन र भू-उपग्रह प्रक्षेपणको संभाव्यता अध्ययनका लागि आवश्यक सहयोगका लागि पत्राचार समेत गरेको छ । पृथ्वीको कृतिम भू-उपग्रहको व्यवस्थापन राख्ने स्थान छुट्याउने काम आइटियुले गर्छ । नेपालले माग गरेको स्लट पृथ्वीको भूमध्यरेखाबाट ३७ हजार किलोमिटर माथि हो ।
सरकारले भू-उपग्रह प्रक्षेपणको संभाव्यता अध्ययनको आवश्यक तयारीका लागि नेपाल दूरसञ्चारप्राधिकरणलाई जिम्मासमेत दिएको छ । प्राधिकरणको फ्रिक्वेन्सी शाखाले जनाएअनुसार त्यस विषयमा अध्ययनका लागि विज्ञ टोली गठन गर्न लागिएको छ । नेपालमा दूरसंचारलगायत विभिन्न प्रयोजनका लागि भू-उपग्रह प्रयोग हुँदै आएको छ । त्यसका लागि नेपालको लाखौं विदेश मुद्रा बाहिरिने गरेको छ । गत वर्ष नेपालका दूरसञ्चार कम्पनीहरूले २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी भू-उपग्रहको व्यान्डविथ तथा अन्य कामका लागि खर्चेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
आणविक प्रविधि केन्द्र (न्युक्लियर टेक्नोलोजी सेन्टर) स्थापना हुने
सरकारले आणविक उर्जा तथा प्रविधिसम्बन्धी काम गर्न आणविक प्रविधि केन्द्र (न्युक्लियर टेक्नोलोजी सेन्टर) स्थापना गर्ने भएको छ । केन्द्रले आणविक ऊर्जा उत्पादन, अन्य आणविक प्रविधि स्थापना र परिचालनका लागि संयोजनकारी भूमिका निर्वाह गर्नेछ । केन्द्र स्थापना भएपछि मुलुकमा आणविक ऊर्जा तथा प्रविधि क्षेत्रमा काम गर्न यो पहिलो संस्था हुनेछ । यसले आणविक ऊर्जा तथा प्रविधिका सम्बन्धमा अनुसन्धानसमेत गर्नेछ ।
भोटिङ मेसिनको आविष्कार
निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने तयारी गरिरहेका बेला नेपाली अनुसन्धानकर्ताहरूले विद्युतीय मेसिनको आविष्कार गरेका छन् । विद्युतीय मतदान मेसिनको आविष्कार गरेको नेपाली कम्पनीटेक्नोलोजी सेल्सले विदेशबाट मगाइने मेसिनभन्दा उपयोगी, भरपर्दो र सजिलो मेसिन बनाएको दाबी गरेको छ । अनुसन्धानकर्ता केबी भण्डारी, राम तथा लक्ष्मण रिमालले तीन वर्ष लगाएर विद्युतीय मतदान मेसिनको आविष्कार गरेका हुन् ।
२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा पहिलोपल्ट विद्युतीय मतदान गराइएको थियो । त्यतिबेला भारतबाट प्राप्त विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । एकै पटकमा सात जनासम्म उम्मेदवारलाई मतदान गर्न सकिने र २९ वटा दल वा उम्मेदवारलाई मतपत्रमा समेट्न सकिने भएकाले राष्ट्रिय निर्वाचनसँगै स्थानीय निर्वाचनका लागि पनि यो मेसिन उपयुक्त हुने भण्डारीले बताए ।
मेसिन तथा खसेको मतका सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ । यो मेसिनको प्रयोगको विधिका बारेमा मतदातालाई जानकारी गराउन पनि सहज छ । सम्बन्धित अधिकारीको औंठाछापबिना मेसिन नखुल्ने र खसेको मत हेर्न पनि नपाइने भएकाले निर्वाचनमा धाँधली हुने सम्भावना पनि नरहेको टेक्नोलोजी सेल्सको दाबी छ । मेसिनमा दृष्टिविहीनहरूलाई लक्षित गरी ब्रेललिपि पनि प्रयोग गरिएको छ ।
समी युवा प्रोत्साहन पुरस्कार
नेपालका युवा वैज्ञानिक रिजन कार्कीले २५ हजार १ सय १ राशिको समी युवा प्रोत्साहन पुरस्कार, २०६९ प्राप्त गरेका छन । कार्की सन् २००९ मा अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) को एक ऊर्जा सम्मेलनमा बिना बिजुली र विना इन्धन पहाडमा रेल कुदाउन सकिने कार्यपत्र पस्तुत गरेर 'स्टुडेन्ट एचिभमेन्ट एवार्ड' हात पार्न सफल भएका थिए । 'बाउन्सिङ कार', 'आरकिज सिम्पल मेसिन' जस्ता अनुसन्धान एवं अन्वेषणमा संलग्न कार्की हाल एक अन्तर्राष्ट्रिय नेपाली संस्था तथा अमेरिकाको वेल्स माउन्टेन्ड फन्डको सहयोगमा काठमाडौं विश्वविद्यालयमा एप्लाइड फिजिक्समा बिएस्सी पहिलो वर्ष अध्ययनरत छन् ।
नासाको मंगलग्रह अनुसन्धानमा नेपाली विद्यार्थी
अमेरिकाको एरिजोना विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी लुजेन्द्र ओझाले मंगलग्रहमा पानीको सम्भावना औंल्याएपछि 'नासा'ले यस वर्ष मंगलमा पानी रहेको घोषणा गरेको थियो । नेपाली विद्यार्थी लुजेन्द्र ओझाले उक्त अनुसन्धान 'एरिजोनाहाई रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट' (हाइराइज) समूहमा बसी गरेको समाचारमा उल्लेख गरिएको छ ।
फलफूल पकाउन प्रयोग हुने प्रविधि
अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयमा अध्यापनरत प्रोफेसर भेष भण्डारीले फलफूल पकाउन प्रयोग हुने परम्परागत इथाइलिन ग्याँसलाई धूलो -पाउडर) मा रूपान्तरण गर्ने प्रविधिको अविष्कार गरेका छन् । यो प्रविधिको विकासले बजारमा फलफूल पुर्‍याउनुअघि सुरक्षित, प्रभावकारी र सहज रूपमा त्यसलाई पकाउन मद्दत गर्छ । विगतमा बगैंचाबाट फलफूल टिपेर बजारसम्म पुर्‍याउने क्रममा सिलिन्डरमा राखिने इथाइलिन ग्याँस प्रयोग गरिन्थ्यो । इथाइलिन ग्यासका सिलिन्डर विस्फोट हुने खतरा रहने गरेकोमा अब त्यस्तो खतरा सदाका लागि हटेको छ ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयमा अध्यापनरत प्रोफेसर भेष भण्डारीलाई फलफूल पकाउन प्रयोग गरिने पाउडर उत्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै अन्तर्राष्ट्रिय स्तरको एक्सिलेन्स इन ड्राइङ एवार्ड पनि प्रदान गरिएको छ । चीनको झियामेनमा हालै आयोजित खाद्यप्रविधिसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलनका अवसरमा प्रोफेसर भण्डारीलाई उद्योग र कृषिमा ड्राइङसम्बन्धी फ्रान्सेली संघ (अफ्सीया) को संयोजनमा स्थापित उक्त प्रतिष्ठित एवार्ड प्रदान गरिएको हो ।
एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर
जहाँ भए पनि एसएमएस गरेको भरमा घरको स्विच आफैं बन्द हुने र खुल्ने प्रविधिको विकास नेपालमै गरिएको छ । रूपन्देहीको भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा बीई इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरूले 'एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर' बनाएका हुन् । यसका लागि घरमा एसएमएस सुविधा भएको एउटा डिभाइस राखिन्छ । त्यसपछि घरका प्रत्येक विद्युतीय स्विचका नम्बर तोकिन्छ । त्यसैको सहयोगमा आफूसँग भएको जुनसुकै मोबाइलबाट पनि एसएमएस गरे घरको पानीका मोटर, पंखा आदि आफैं खुल्छन् वा बन्द हुन्छन् ।
स्रोत: कान्तिपुर राष्ट्रिय दैनिक

Saturday, April 20, 2013

समाचार

0 राय सुझाबहरु
प्रतिकृया:- 


भगबती बस्नेत- नेपाली नयाँ बर्ष २०७० को अवसर पारेर इजरायलको हाइफाबासी चेलीबेटीहरूले नयाँ बर्ष नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र शिब परियार सँग सामुहिक भेटघाट गरी शुभ कामना आदानप्रदान गरि नवबर्ष भव्यताका साथ मनाएका छन् ।