Sunday, February 28, 2010

"लक्ष्य"

"लक्ष्य"

जिन्दगीको निरन्तर यात्रामा,
अनगिन्ति चाहनाका कमर्ठ हातहरू,
भविष्य उज्वल पार्ने कोशिषहरूमा
विश्वका विभिन्न कुनामा परिश्रम गर्नेहरू
आफ्नो अन्तरात्माको सहयोगबाटै
सफलताको शिखर चुम्ने लक्ष्य राख्दैछन् ।

जिवनका अकल्पनीय भोगाइहरूमा
आफ्ना सन्ततिका उज्वल भविष्य खोज्नेहरू
आफूले भोगेको दु:खको छायाँ हटाउन
स्वदेश देखि परदेशसम्म
अपरिचित अनि असहज ठहराइबाट
नविनतम भविष्य खोज्ने लक्ष्य राख्दैछन् ।

जन्मभूमिको अपार मायालाइ मुटुमा सगाल्दै
भावनामा भन्दा यथार्थतासगँ लड्नेहरू
आफैमा विश्वस्त भइ अधिक परिश्रम अँगाल्दै
पारिवारको हरेक आवश्यकता पूरा गर्न,
अनेकौ समस्यासँग सम्झौता गर्दै
सुन्दर सपना साकार पार्ने लक्ष्य राख्दैछन् ।।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼