आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।
शिखर पुरुष श्री गिरिजा बाबुको ८६ बर्षको उमेरमा यस नश्वर शरीरलाई त्यागी हामीबाट लोप हुनु भएकोछ । भौतिक शरीर छाडेर गए पनि उहाँलाई देशका लागि दिएको योगदान हामी सम्पूर्ण नेपालीहरुका माझ सदैव अमर रही रहने छ।पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति, शिखर पुरुष एवं राष्ट्र नायक स्व.गिरिजा प्रसाद कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
देशमा शान्ती पुनर्स्थापनामा सकृया सहभागी तथा पुर्व प्रधानमन्त्रि एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मण्डिखटारस्थीत सुजता निवासमा उपचारका क्रममा हिजो मृत्यु भयो। दिउसो १२ बजेर ११ मिनेट जादा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले मृत घोषणा गरेका थिए आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
मुलुकले अहिले त्यहि पीडावोध गरिरहेको छ । हो, अहिले सम्पूर्ण मुलुकवासीले आफ्ना अभिभावक गुमाएका छन् । मुलुकले युगपुरुष गुमाएको छ । शान्ति प्रकि्रया टुंगोमा पुर्याउन बृद्ध उमेरमा पनि राजनीतिमा उत्तिकै सकि्रय युगपुरुष गिरिजाप्रसाद कोइरालाले शनिबार अपरान्ह सधैंका लागि बिदा लिएपछि मुलुकवासी शोकमा डुबेका छन् ।लामो समयदेखि जुझारु भई अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका गिरिजाप्रसाद कोइरालाको योगदान नेपाली राजनीतिमा अतुलनीय छ र रहिरहनेछ । उनको स्थान र उचाई प्राप्त गर्न नेपाली राजनीतिले सँ“च्चिकै लामो समय धैर्य भएर कुर्नुपर्नेछ । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत प्रजातन्त्र र स्वतन्त्रताप्रति समर्पित जुझारु नेताका रुपमा पहिचान बनाएका गिरिजाप्रसाद कोइराला नेपाल र नेपालका निम्ति गौरवान्वित व्यक्ति हुन् ।उनि नेपाली कांग्रेसका मात्र नेता होइनन् सम्पूर्ण राष्ट्रका सच्चा नेता हुन् जसले आजीवन प्रजातन्त्रका लागि योगदान गरेका छन् । व्यक्तिगत, दलगत संकीर्णताबाट माथि उठेर राष्ट्र र जनताले सम्मान प्रदान गरेमात्र यी महानायक प्रति सच्चा श्रद्धाञ्जली ठहरिने छ ।
अाफ्नो औसत आयु सबै सक्रिय राजनीतिमा नै समर्पित गरेर नेपाली जनताको स्वतन्त्रताको चाहनाका निम्ति निरन्तर लगनशील र प्रजातन्त्र विरुद्ध कसैस“ग सम्झौता नगर्ने उनको जीवनको नेपाली जनताले उच्च मूल्यांकन गर्नेछन् र गर्नुपर्दछ । करिब तीन पुस्तास“ग जुधेर नेपाली लोकतन्त्रलाई वास्तविक रुपमा जनतालाई हस्तान्तरण गर्न २४० वर्ष देखिको एकदलीय निरंकुश वशांणुगत विरासतको अन्त्य गर्दै गणतन्त्र स्थापनाका निम्ति महत्वपूर्ण भूमिका खेलेका उनी सँ“च्चिकै महानायक हुन् । उनको हठ, निर्णय क्षमता, अडान, संघर्षशील स्वभाव, हस्तक्षेपकारी भूमिका र अभिभावकत्व प्रदान गर्ने शैली भावी पूस्ताका लागि समेत सदैव शिक्षाप्रद प्रेरणादायी रहनेछ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼