Friday, March 12, 2010

गजल

गजल


यो मन बढेको छ ।

एकार्काको भरोसामा, संसार अडेको छ ।
दुरि टाढा भएकोले, माया बढेको छ ।।

एकान्तमा टोलाउँदा, यो मन् आत्तिएर,
नजिक् हुने कल्पनामा, माया बढेको छ ।

सधै तिम्रो मुस्कानको, झल्को आएकाले,
तिमै याद्को तड्पाईमा, माया बढेको छ ।

बाध्यताले हामीलाइ, मजबुर बनाएर
मिलनको मिठो आशमा, माया बढेको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼