गजल
बाँच्नै पर्ने निर्मोहीको धोका लिएर नि
चल्ने पर्ने बेदनाको पोका सिएर नि।।
विश्वास जल्दा आस्था ढल्दा मन कुडिएर
हिंड्नै पर्ने विवसतामा आँशु पिएर नि।।
कस्तो हो यो यात्रा मेरो मध्य जिन्दगीको
जिउनै पर्ने अरुलाई खुशी दिएर नि।।
कतै लडे कतै चढे मैले जवानीमै
हार्ने छैन मेरो यात्रा ज्यान खिएर नि।।
जे जे भयो जती भयो पाइला अघि नै छ
अझ धेरै गर्नु छ है मैले जिएर नि।।
भगवती बस्नेत
चैत १३
शुक्रबार
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼