Wednesday, March 24, 2010

गजल





झिलिमिली विश्व बाल्न, आयो नयाँ फेसन

सतबुद्धीको रेखी हाल्न, आयो नयाँ फेसन



पहाड बस्दा गुन्यु चोली भुल्न हुन्न भन्थे
सानो संसार सँगै चाल्न, आयो नयाँ फेसन



प्रकृतिले बिशाल देशमा, किन छोटो सोचाइ

यस्तो सानो बुद्धी फाल्न, आयो नयाँ फेसन



बोक्रा ओढी लाज ढाक्ने, तितो अतित हाम्रो

नयाँ युगको प्रबेश थाल्न आयो नयाँ फेसन



ढुङ्गे युगमै रम्न खोज्ने हाम्रो परम्परा

रुढिबादी मुख टाल्न, आयो नयाँ फेसन

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼