Monday, March 8, 2010

"समयले जन्माएका भावनाहरु"

प्रतिकृया:- 
"समयले जन्माएका भावनाहरु"

विवश छन् भावनाहरु, जस्लाई प्रियतमको माया छ
बिव्हल छन्, आत्मा अबिश्वासको अन्यौलतामा,
कस्लाई विश्वाश र भरोसाको पात्र मान्ने?
कस्लाई जिन्दगीको सहारा मान्ने?
आदर्श त्याग र बलिदान सबै हराएर गएछ ।
समय संगै मान्छेको भावना बदलिँदो रहेछ,
पिडामा जल्दै खरानी हुन्छु हरेक रातमा ,
दाँया छ पिडा बाँया छ जलन केहि छैन साथमा ।
विश्वाशको सहारा छोडी आए आफ्नोलाई स्वदेशमा
धिक्कार्छु आफ्नै भाग्यलाई आँफै एक्लै छु बिदेशमा ।
साँचो माया अनि सच्चा प्रेमी यो दुनियाँमा बिरलै भेटिदो रहेछ,
अनगिन्ती दु:ख, बेदनसँग सम्झौता गर्दै, अगाडि बढनु नै जीवनको रित रहेछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼