ढकमक्क लालीगुराँस फुल्यो बनै भरि
तिम्रै माया साँचेकोछु मैले मनै भरि।
देउरालीलाई भाकेको छु तिमी पाऊँ भन्दै
प्रतीक्षामा बसेकोछु आउने दिन गन्दै।
तिमी मेरो सर्बस्व हौ तिम्रैलागि यौवन
तिमी बिना अपुरो र अधुरो छ जोवन।
ढकमक्क लालीगुरास फुल्यो बनै भरि
तिम्रै माया साँचेकोछु मैले............।
सारा खुसी तिमीलाई नै गर्दैछु म अपर्ण
तन मन तिम्रै निम्ति भएँ म समर्पण
तिम्रै विश्वास गर्छु म त , आफ्नै भन्दा धेरै
सोचेको छु बनाउँछु जीवनसाथी मेरै ।।
सोचेको छु बनाउँछु जीवन साथी मेरै।
ढकमक्क लालीगुरास फुल्यो बनै भरि
तिम्रै माया साँचेकोछु मैले........... ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼