Monday, March 8, 2010

आमाको मन "

प्रतिकृया:- 
"आमाको मन "

आमा स्नेह, ममता ,धेरैयताकी र सहनशिलतकी खानी
अचम्म र अथfहा हुन्छ आमाको उदfरताको काहानी ।
आफु दु:ख सहेर पनि आफ्ना सन्ततिलाइ सुखि देख्ने हुन्छ वानी
संसारको जुनै स्थानमा भए नि सन्तानकै सम्झनामा तड्पिरहनि ।

कति रोए होलान् मेरा छोरा छोरी त्यो यकान्तमा आमलाई सम्झेर
कस्ले देला भोक लाग्दा खाना अनि प्यास लाग्दा पानी उस्लाई मुसारेर ।
सोचेको थिइन छोरा छोरीबाट यसरी टाढा हुन्छु भनेर
बस्दैछु दिन रात कहिले भेट हुन्छ भन्दै दिन गनेर ।

कस्तो विवशता अनि बाधयता मुटुभरी माया छ मात्र भनेर
देखाउन नपाउनु आफ्नो काखमा स्नेहका साथ अँगालेर ।
बुझने कोशिस गर्नु मलाइ तिमीहरुकै भविस्यको लागि हो भनेर
छट्पटिएको छु मेरो अभावमा खड्किएको पल सम्झेर।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼