दीन_दुखीको भलाइमा बसी हेर कस्तो हुन्छ
महल हैन झुपडिमा खसी हेर कस्तो हुन्छ
दु:खाइमा झनै दु:ख थप्नु किन दुखियाँलाइ
न्यानो न्यानो स्पर्शले कसी हेर कस्तो हुन्छ
मानवताको साइनोनै सबै भन्दा ठुलो यहाँ
समानताको सदभाव घसी हेर कस्तो हुन्छ।
धन हुदैमा निर्धनलाइ थिचोमिचो गर्छौ किन
अभावको पीडा भित्र पसी हेर कस्तो हुन्छ
भरोसालाइ जगाएर विश्वाशको माला उन्दा
अन्धकारलाई चिर्दै आउने शशी हेर कस्तो हुन्छ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼