Wednesday, April 14, 2010

शुभकामना

         गजल




प्रगतिका दीपहहरू जलिरहून्- नयाँबर्ष

उमङ्गका लहरहरु चलिरहून् - नयाँबर्ष।



दुःखपीडा मेटिएर सुखशान्ति आओस् सधैँ

एकताका आत्मबिश्वास बलिररहून्- नयाँबर्ष।



शिक्षाबाट नेपालीको मन खुलोस् घामजस्तै

बाधा अड्चन् सधैंभरी ढलिरहून् - नयाँबर्ष।



नेपालीको भाग्य फुलोस् शरदको फूलसरी

विकासका फलहरु फलिरहून् - नयाँबर्ष ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼