Thursday, April 29, 2010

गजल

    गजल


सधैं भरी आफ्नो बशमा नहुने यो घामपानी

सुख दु:ख जेलिएको अनौठो छ जिन्दगानी


एक्लै हुँदा मन रुन्छ मायालुकै सम्झनाले

कल्पनामै हराएर रमाउने भयो वानी

फुल्ने अनि ओइली झर्ने जिन्दगीको रीत यस्तै

तिम्रो मेरो बाटो एकै तर फरक यो कहानी


हाँस्दै खेल्दै जीवनका बाँकी दिन बिताउन

रोजेकोछु तिम्रै साथ तिमीसँग हार मानी


घाम हैन अध्यारोमा जून बनी आउनू तिमी

प्यारो लाग्ने रैछ धेरै मायालुको त्यो निसानी

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼