Wednesday, April 21, 2010

गीत

गीत (गुन्जिरहन्छ तोतेबोली )


एकान्तमा सँधैभरि गुन्जिरहन्छ तोतेबोली
सँधै साथ हुने आशमा बितेकाछन् आजभोलि।



छुनुमुनु गर्दै आउँछ तिम्रै आभास वरिपरि
नाँचिरन्छ तिम्रै मुहार यी आँखामा घरिघरी।
निरन्तर लागि पर, शिखरलाई छुनु तिमी
राम्रो बाटो पहिल्याउदै सँधै असल हुनु तिमी।


एकान्तमा सँधैभरि गुन्जिरहन्छ.....


बाधयतामा टाढा हुँदा एक्लै यहाँ रून्छु म त
सम्झनामा जेलिएर आँसुले मुख धुन्छु म त।
नियतिको खेल किन यस्तो हुन्छ यो बिरानो
साथै बस्न नसके नि लाग्छ माया न्यानो न्यानो।

(यी दुई प्यारा आँखाका तारा प्रति समर्पित यो गीत)





No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼