गजल
नपाएको चिठ्ठी पाए खबरसँगै तिमी आयौ
जवानीले मस्त्त थिए रहरसँगै तिमी आयौ।
अहिले सम्म प्रतीक्षामा दिनरात हेर्दा हेर्दै
किनारैमा थियौ भर्खर लहरसँगै तिमी आयौ।
उन्मादले लहलह झाङ्गिएको यौवन् लिन
झिलिमिली यी रातका प्रहरसँगै तिमी आयौ।
मुहानको खोजि गर्दै प्यास मेट्ने आशा बोक्दा
कलकल बग्ने सङ्लो नहर्'सँगै तिमी आयौ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼