गजल
बाल्यकालको चोखो माया छोड्न सकिएन
अविश्वासको पर्खाललाई तोड्न सकिएन।
सारा जीवन सुम्पिएर उस्कै यादमा बाँच्दा ,
बसन्तमा बगैँचा नि गोड्न सकिएन ।
आफैभित्र कस्तुरीलाई नपाएर मृग
भागिहिँड्ने मनलाई मोड्न सकिएन।
भुल्न खोज्छु सारा कुरा मनमै लुकाएर
टुक्रिँदैछ मेरो मन जोड्न सकिएन।
पवित्र त्यो मेरो माया कुल्चिएको पाउँदा
दुख्छ छाति पोल्छ मुटु फोड्न सकिएन।
The King Casino | Ventureberg
ReplyDeleteDiscover the septcasino rise and fall of the king 출장안마 casino, one of the world's largest The Casino 토토 is ventureberg.com/ operated by poormansguidetocasinogambling.com the King Casino Group. You can