Monday, May 3, 2010

गीत (कोपिलामै तोड्यौ तिम्ले )

गीत (कोपिलामै तोड्यौ तिम्ले )

फक्रन नि नदिएर कोपिलामै तोड्यौ तिम्ले
केमा चित्त बुझेन र आफ्नो बाटो मोड्यौ तिम्ले

तिमीलाई माया गर्थें आफैलाई भन्दा धेरै
सर्वस्व नै तिमी थियौ आज विश्वास तोड्यौ मेरै
के भनेर चित्त बुझ्छ तिमीले मनमा डसेपछि
त्यस्तै भयो जस्तो हुन्छ छाँगाबाट खसेपछि

माया भित्र रमाउनु मात्र पानी-फोका भयो

जता छुन्छु पैह्रो जान्छ जिन्दगी नै धोका भयो

आशाका ती किरणहरू बल्न नपाई मर्न थाले

मन भित्रका इच्छाहरु फुल्न नपाई झर्न थाले

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼