Tuesday, May 4, 2010

गजल

       गजल

अजम्बरी माया छुटाई आएँ
मनभरि व्यथा लुकाई आएँ

कर्तव्यको बाटो रोजेर हिँड्दा
गहभरि आँसु सुकाई आएँ

उज्ज्वल भोलि पार्नुछ भन्दै
विघ्न-वाधा सबै फुकाई आएँ

विवशताभित्र परेर आफू
बहुमूल्य मान चुकाई आएँ

परदेशमा घर सम्झेर रुँदा
सोच्दैछु म शिर झुकाई आएँ

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼