Thursday, June 3, 2010

गजल

गजल

परदेश टेकेपछि गाउँ सम्झिएँ
तिमीलाई भेटेपछि गाउँ सम्झिएँ

अरुलाई देख्दा भने याद हुन्नथ्यो
तिमीलाई देखेपछि गाउँ सम्झिएँ

एक्लै हिड्दा अनायसै तिम्रो यादमा
मेरा आँखा छेकेपछि गाउँ सम्झिएँ

आँफैआइ भित्रीमनको कोरा कागजमा
तिम्रो नाउँ लेखेपछि गाउँ सम्झिएँ

झिलिमिलि सुखसयल जति भएनि
पराइले हेपेपछि गाउँ सम्झिएँ

1 comment:

  1. गजल गजल भयो मेरो पनि मन पनि। खुसि लाग्यो। यसरि नै प्रगति गर्दै जानु।

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼