जति जति सोझो ठान्यो उती जाली हुन्छ मान्छे
आफ्नै सम्झी मन साँटी आँखा छोपी भर पर्दा
विश्वास नै छुटि मन टुट्दा फाली हुन्छ मान्छे
खहरेझैँ बग्दै सागर छुन्छु भन्दै हिँड्दा खेरी
कुलतमा फस्यो भने फोहर नाली हुन्छ मान्छे
जति गाह्रो भए पनि बाँच्नै पर्ने जसोतसो
उराठिलो बगैँचाको एक्लो माली हुन्छ मान्छे
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼