Sunday, June 27, 2010

गजल

गजल

जिन्दगीमा सुख दु:ख आसु हाँसोका छन् घारी
कहिले पुग्ने होला हामी गन्तब्यको छेउवारी

जिन्दगीको बाँझो बारी गर्दैछु म खन जोत
भबिष्यमा मिल्छ भनी शितलताको यो छहारी

खातै खात कल्पनालाई साकार पार्ने कोशिसमै
आफ्नो अनि आफन्तको सपना छन् भारीभारी

संघर्षको बाटो रोजी हिँड्छु भन्दा निरन्तर
मझधारमै रोकिएर सक्दिन कि जान पारी

बर्खे खोला सरी आउने समस्याका जालहरु
काट्न सहज हुन्थ्यो होला सँगै हिंडे नरनारी

2 comments:

  1. जिन्दगीमा सुख दु:ख आसु हाँसोका छन् घारी
    कहिले पुग्ने होला हामी गन्तब्यको छेउवारी
    RAmro gajal

    Badhai hha ....!!

    ReplyDelete
  2. aati ramro mali man paro la badi 6 hajur ko जिन्दगीमा सुख दु:ख आसु sadhi kusi hos

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼