आजभोलि गजल
तिमी रुँदा यता मेरो मुटु चल्छ आजभोलि
छाती भित्र दुख्छ अनि आगो बल्छ आजभोलि ।
के भो के भो सम्झनामा धेरै औँशी काटे पनि
पुर्णिमामा जून पनि बाटो छल्छ आजभोली
साच्चै मेरो कल्पनामा तिमी मात्र आएपछि
कता कता मुटु भित्र माया फल्छ आजभोलि
तनमन दिइ विश्वाश गर्दा धोका पाएपछि
सम्हालिन खोज्दा खोज्दै मन गल्छ आजभोलि
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼