Thursday, August 26, 2010

गजल

गजल






तिमी रुँदा यता मेरो मुटु गल्छ आजभोलि

छाती भित्र दुख्छ अनि आगो बल्छ आजभोली ।






के भो के भो सम्झनामा धेरै औँशी काटे पनि

पूर्णिमामा जून पनि बाटो छल्छ आजभोली






साँच्चै मेरो कल्पनामा तिमी मात्र आएपछि

कता कता मुटु भित्र माया फल्छ आजभोली



संगै हिंड्ने बाटो पनि छुट्टिएर जाने हो कि ?

अनर्थको संकेतका पैह्रो ढल्छ आजभोली





सुम्पिएर तन मन शंका बढ्दै गए पनि,

मिलनका आशा बोकी हावा चल्छ आजभोली


1 comment:

  1. Bhagawati jee ekdumai ramra chhan hajurka gajal haru....ekpatak http://www.hamrosahittye.tk/ lai pani herdinu hola....yo pani sahittye sambandit website hoo..

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼