तिम्रो म
तिमी जिन्दगी हौ म हूँ जिन्दगानीर संगै बितेका मिठा थे कहानी ।।
तिमी सुस्त बोल्थ्यौ म झन् सुस्त सुन्थेझनै मख्ख पर्थ्यौ बित्यो त्यो जवानी ।।
सधैं साथ तिम्रो रहोस् जिन्दगीमायसै मन पराएँ नजानी नजानी ।।
तिमी सास मेरो तिमी आश मेरोशिलामा कुँदेको छ हाम्रो निसानी ।।
नछुट्ने ती वाचा कहाँ छन् कहाँ छन्नयाँ खोज्न थाल्यौ भएँ मै पुरानी ।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼