
कि त जित हुनु पर्छ कि त हार हुनु पर्छ
संगै बाँच्ने भए एउटै संसार हुनु पर्छ ।।
सधैं सँगै हाँसी हाँसी मन खुशी बनाउन
एक अर्काको बगैचामा सधैं बहार हुनु पर्छ
नबोलेरै मन्को कुरो बुझिदने मन चुन्न
सबै सँग मिल्न सक्ने संस्कार हुनु पर्छ
देखावटी माया यहाँ दुई दिन्को घाम छाया हो
जीवनभरी साथ दिन मिल्ने बिचार हुनुपछ
संघर्सहो जीन्दगानी गार्हो हुन्छ एक्लै बाँच्न
तिमी ममा म तिमीमा आधार हुनु पर्छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼