गजल
आयो देशमा लहर र आँफै ढल्कियो फेरि
पुरानै पाराको अशान्ती अझै बल्झियो फेरि
थिल्थिलो बने है जनता अस्तब्यस्त देशमा
महङ्गीको मार उग्र भो अझै थल्लियो फेरि
न त छ यहाँ रोजगारी न परिवर्तन नै
भोकमरीकै चपेटामा आँशु छल्कियो फेरि
विश्वाश भएन कसैको इन्तु न चिन्तु देखें
आश सबै निरस भयो मुटु बल्कियो फेरि
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼