कविता (संघर्षरत युद्धार्थी)
सुनाखरी र सुनगाभाको अतृप्त हेराइमा
दोभान र त्रिबेणीहरूको मिलनसँगै
चाँदी जस्तो टल्कने हिमालमा
आकाश चुम्न उडिरहेका पंक्षीहरू हेर्दै
कोइलीको मधुर सुसेली
जीवनको जिवन्तता
प्रसन्नता,
चन्चलता र
गतिशिलतालाई
मनमस्तिस्कमा सजाएर
म युगिन रमाउन चहान्छु ।
तर
बिडम्बना
चाहेर फुल्न नपाउनु
फुलेर झुल्न नपाउनु
रोग, भोक, दरिद्रताका
समस्याहरु हटाउन
निस्कृयताको कुहिरोले
ढाकिएको गरुङ्गो मन लिएर
बिब्हल मनहरू
कर्मशील बन्न बाध्य छन्
यी परिश्रमी हातहरु
वाध्यता र विवशता भित्र
शास्वत सत्य खोज्दै
हरेक परिस्थितिहरूसँगै
स्पन्दनशीलताका सुकोमल शैलीमा
आफ्नै जन्मस्थानको स्मृतिमा तैरिन्छन्।
संघर्षका उद्द्त पर्खालहरु भत्काउँदै
आशाको अभिष्टमा अडिक रहेर
इच्छाहरुमा धमिरा लागेर पनि
आफ्नै जिजिविषामा आघात् पुर्याउँदा
झुठा आश्वासनमा नलागि
प्राकृतिक हाँसोलाई तिलान्जली दिएर
कृतिम हाँसो निकाल्न
बिहानीको किरण झै
सुसलित, सुरम्य सुधा
नयाँ पालुवामा
न्यानोपनको महसुस गर्दै
अनन्तकाल सम्म
अजर अमर तुल्याउदै
जीवन सार्थक बनाउन
एकनास तल्लिन हातहरु कहिलै नरोकियोस् ।
जिन्दगीका चक्रहरूमा
निर्ममताको पराकाष्टसँगै
घाइते मनहरु बोकेर
रेगिस्तानका मरुभुमिहरूमा
उत्साहको उज्यालो किरण सल्काउदै
जीवनका असफलताहरुसँग
म सिसिफस युद्दरत छु।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼