गीति कविता
साटेर मुटु लाएको माया मलिनो भएछ
छाडेर हात तोडेर साथ, बिरानो भएछ!
जोडेर राखे टुटौँला भन्दै मायाले सम्हाली
बोलेर हैन दिएर गयौ पीरको कोसेली
अतित सम्झी रसाउछ आँखा रोकौ म कसरी
चाहना मन्को अधुरो भयो रँगाउ कसरी
सजाउन दिल्मा सोचेको फूल नफुली झरेछ
गुलाब भनी साँचेको थिए काँडा पो परेछ
तोडेर गयौ अटल साथ सपना जलाई
जलेर मुटु खरानी बन्छ गार्हो भो मलाई
मोडि्दा साथ सहन घात जीवन कठिन्
रमायौ खुबै रमाइ बस कै पनि भनिन
जुनेली रात मायाको साथ कल्पना भएछ
भेटौँला भन्थे झुल्के घाम अस्ताइ गएछ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼