Thursday, October 28, 2010

बिबश जीसँग दोहोरी मुक्तक....


भगवतीः
विवशः










प्रेम भन्ने जातै यस्तो
माया लागे हुने कस्तो
फूलको सुन्दरता हेरि हेरि
सुगन्धमै रमाइरहुँ जस्तो ।


सँगै बस्दा जलाउने
टाढा हुँदा गलाउने
कस्तो रैछ जातै यस्तो
अमर प्रेम कहलाउने

अनुभले मान्छे सिक्छ
कर्मले नै मान्छे  फुल्छ
सागरमा तरे भन्दा
विछोडले मुटु दुख्छ ।

अनुभव गरे हुन्छ
प्रेम सागर तरे हुन्छ
सुगन्धको लोभ लागे
आत्मैदेखि भरे हुन्छ !

दुख्ने मुटु सिउन पाए
अमृत अझै पिउन पाए
खुशी मिल्थ्यो जिन्दगीमा
सँग सँगै जिउन पाए !!
दुख्ने मुटु सिलाए हुन्छ
अमृत सम्झि पिलाए हुन्छ
साँचो प्रेम ठाने देखि
आत्मैदेखि मिलाए हुन्छ ।
चाहे जस्तो पाउनु कहाँ
छेक्बार छन धेरै यहाँ
साथ पाए संगै तर्न
पार लाग्छन डुंगा जहाँ !!
छेक्यो केले सँगै जिउन
पर्दैन भो अमृत पिउन
सँगै तरेो मनको डुङ्गा
जिन्दगीलाइ पार दिउँ न।
विद्वान भए पढि पढि
रिस भुली अघि बढि
एकजुट भै मिलीजुली
लक्ष्य भेट संघर्ष गरि !
राम्रो कुरा पढ्नुपर्छ
सधै अघि बढ्नुपर्छ
छेकबार सबै हटाएर
सफलतामा चढ्रनुपर्छ !
मन मिले कुरा मिल्छ
तिम्रै साथ भए पुग्छ
कुरा मिलाउ भन्दा फेरि
आशाहरुको दियो बल्छ !
कर्मले नै भाग्य बन्छ
मायाले नै माया तान्छ
जुनि काट्ने कुरा सुन्दा
मुटु भित्र हल्चल हुन्छ !!
कुरा थियो मिलाउने
एक अर्कामा विलाउने
कसरी भो ज्ञानका कुरा?
अर्कै आभास दिलाउने ।
आएछ कि त भाग्य फेरि
तिम्रो साथ पाउँदा खेरि
खुशी हुन्छु तिमी भए
जुनी काट्छु हेरि हेरि
बसि राख भर परि
साथ दिउला सधैँ भरि
सुगन्धमा रमाउँदै
आउँदैछु म बेशी झरी।
माया मैले गरेकै छु
तिम्रै भर परेकै छु
तिमी आउने बाटो भरि
सुगन्धी फूल छरेकै छु ।


1 comment:

  1. Amazing, wonderful, I have enjoyed to read it,,,
    thanks for nice posting...wish you all the best.

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼