Friday, October 22, 2010

गजल(सबाल जबाफ)

गजल (सबाल जबाफ)


सबाल---
हाँसे पनि जिन्दगी यो चम्काउने धुन छैन
कति हेर्छु आकाशमा मैले खोज्या जून छैन।।

जवाफ---

जिन्दगीको अर्थ संगै धुन खोज्ने भए
धेरै टाढा जानु पर्छ जुन खोज्ने भए ।।
सबाल ---
धेरै कठिन् हुने रैछ एक्लै यात्रा गर्न यहाँ
माया विश्वाश भए पछि भन साथी कुन छैन ??


जवाफ -----
बाटो त्यस्तै परेपछि साथ हात छुटे पछि
भक्कानेरै रुनु पर्छ रुन खोज्ने भए ।।
सवाल---
रोएर नै के हुन्छ र टाढा हुन खोज्यौ तिमी
बैगुनिलाई कत्ति सम्झुँ एउटा गुन छैन ।।
जवाफ--
रुनु पर्छ जिन्दगीमा हाँस्न जान्नलाई
झोला लिइ आउ तिमी गुन खोज्ने भए ।।
सवाल---
शुन्य लाग्छ तिमी बिना धड्कन मेरो पनि अचेल
गुन को कुरा नगर भो जाडो छेक्ने उन छैन ।।
जवाफ--
छामी हेर धड्कन भित्र तिमी चल्छौ अझै
आउ मुटु खाली नै छ उन खोज्ने भए ।।

2 comments:

  1. गजब लाग्यो तपाईँको दोहोरी गजल । भाका हालेर गाउन मिल्ने !

    ReplyDelete
  2. गजब अनी रमाइलो लाग्यो मलाइ यो गजल सबाल जबाफ पढ्दा

    साँच्चै जिन्दगीमा मेरो पनि बजाइहाल्ने धुन छैन
    अरु त तेस्तै हो जिब्रो पट्काउने पनि नुन छैन

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼