सपनाको फुलबारीलाई परेलिमा अल्झाउदै
बाँच्नु पर्छ जसोतसो पुरानै घाऊ बल्झाउदै
अतितका पानाहरु पल्टि दिन्छन् हरपलमा
जीवनका घुम्तिहरु मोडी जान्छन् अन्जानमा
आशका ती आकुरामा यात्राहरु लहराउदै
बाँच्नै पर्छ जसोतसो पुरानै घाऊ बल्झाउदै
जे गरे नि फर्कदैन बगी जाने खोलाहरु
अजम्बरी छैन कोही मर्नै पर्ने चोलाहरु
निरन्तर हिंड्नै पर्छ अन्तर मन बहलाउदै
बाँच्नै पर्छ जसोतसो पुरानै घाऊ बल्झाउदै
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼