Thursday, November 4, 2010

विष्णु प्याकुरेलजीसँग मुक्तक दोहोरी


भगवती:
विष्णु
माया हुन्छ नबुझिने
अर्थ यस्को नखोजिने
जीवनलाई बचाउने
पलपलमा सजाउने।

बुझ्नलाइ माया हुन्न
अर्थ यस्को खोज्नु हुन्न
जीवनको प्रीत यो त
मरी जाने दिनु हुन्न

एकोहोरो कुरा गर्छौ,
तिम्रै मात्र ढिपी गर्छौ
आफै जगत हँसाएर
सारा दोष मैलाइ दिन्छो?

नारी मन बुझ्ने गर
भावनाको कदर गर
पुरूष भन्दा पहिले तिमी
भावनामा डुब्ने गर ।

साँचो मनले आँट्छो भने
घरमा मागी लान्छो भने
सुम्पेको छु तिमीलाइ
माया मलाइ गर्छो भने ।
बुझिन त्यो माया के हो,
अर्थको को त कुरो के भो
जीवन संग दाँजिने
मात्र एक भूल हो यो ।

ठूला ठूला कुरा गर्ने
माया प्रीत भनी हिँड्ने
रुवाउँदै दुनियाँलाई
सारा संसार हँसाउने

आइमाइको जातै यस्तो
पिच्च पिच्च रूने कस्तो
साह्रै सानो चित्त रैछ
यति छिटै रूने कस्तो ?


तिम्रो मन जाँचेको पो
माया गर्छु भनेको पो
धरो धर्म ढाँट्या हैन
घरजम गरम् आटेको पो ।


--------
-------
--------

1 comment:

  1. वाह ! गजबको दोहोरि चल्या रहेछ !

    भगवती जी र विष्णु प्याकुरेल सर लाइ धन्यबाद ! फेरी फेरी पनि जादै गरोस है !

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼