Sunday, November 21, 2010

गीत

गीत(नाम राख्यौ अनुराधा)






नारी पुरुष बराबरी अधिकार आधा आधा


धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा








बेचिएर ठगिएका चेली सबको उद्दार गर्दै


शिक्षा स्वास्थ्य,स्वावलम्वन,पनि बन्न सिकाउदै
अन्यायमा परे धेरै चेली हाम्रा सिधा सादा
धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा



संरक्षण रोजगार घरवार छुटेकालाई


बाँच्ने आधार दियौ अनु, भित्री मन टुटेकालाई


अलपत्र परेकाको, फुकाईदियौ पीर वाधा


धेरै राम्रो काम गरी नाम राख्यौ अनुराधा





(नेपालकी उदाउँदो तारा, अनुराधा कोइरालाले माइती नेपाल मार्फत नारी हिंसाको विरूद्धमा गर्नुभएको महान योगदानको कदर गर्दै सिएनएन हिरोइन २०१० बन्नुभएकिमा सम्मानपूर्वक उहाँकै उच्च भावनाको कदर गर्दै यो गीत यहाँहरू समक्ष पेश गरेकी छु)

2 comments:

  1. 'CNN HERO 2010' हिरो लाइ बधाई शब्द मात्र कम होला जस्तो लागेको थियो ! तर यो गीतको शब्द दिएर त्यो कमी पुरा गर्दिनु हुने भगवती जी ले ! यहाँ लाइ पनि धन्यबाद !

    ReplyDelete
  2. धेरै राम्रो छ तपाईंको गीत | ब्लग पनि मनपर्दो छ | अनुराधाप्रति हामि सबैको श्रद्दा छ र यस्तो सह्रानीय कामगर्ने जुनसुकै मान्छे विश्वको जुन कुनामा भए पनि सम्मानित हुनु पर्छ |

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼