Tuesday, November 9, 2010

गजल(अतितका ती पलहरु)

गजल(अतितका ती पलहरु)


सक्छौ भने फिर्ता देऊ अतितका ती पलहरु
धेरै गर्यौ जिन्दगीमा नमिठा ती छलहरु!!


केही गल्ती तिम्रा भए धेरै-थोरै मेरा पनि
रंगिन जीवन बन्ने थियो भए कुनै हलहरु


पलाउँछ कि मुना भन्दै ऋतुहरु कति गए
विष माझ अमृत बन्ने, बेकारै भो बलहरु


अनायसै आज तिमीले मेरो प्रेम लत्याउँदा,
सुक्न गार्हो भएकाछन् आँसुका यी भलहरु

1 comment:

  1. निकै राम्रो गजल -भगवती जी !

    अलिकति यति र मात्रा मा ध्यान दिने हो कि ?

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼