Tuesday, November 30, 2010

मुक्तकहरू

धेरै दिन भयो कुनै सिर्जनहरु नफुरेको ! थाहा छैन के भयो यो मन्को मझेरिमा भावनाको खडेरी परेको झै भान हुन्छ आफ्नै मुहार पुस्तिकामा बेलाबखतमा राखेको मुक्तकहरु आज सँगालेर यहाँ राखेको छु ।

मुक्तकहरू


बिकल्पको बाटो छैन भन्ने नसोच
मुल्यहिन सम्झी मिल्काउन नखोज
समयले देखाउनेछ रङ जिन्दगीको
जीवनका समस्या,संघर्स देखि नभाग!!!

चोखो माया थियो तर भुल्न सक्यौ कसरी
त्यो मन भित्र अरुलाई नै सजायौ कसरी
तिमी भित्र फुल्ने मेरो रहर अधुरो नै पारेर
अनयासै आज तिम्रो मन बदलियो कसरी ?

युवाहरु बिदेसिए रित्तो शहर मात्र बाँकी
तछाड मछाड गरिरहने लहर मात्र बाँकी
सधैंभरी खिचातानी कोलाहल छ जताततै
सुन्दर शान्त नेपाल हेर्ने रहर मात्र बाँकी ।।

सुन्दर सपनाले राम्रो अनुभव गराउँ
निश्चल भावनामा मान्छे हराउँछ
मिठो कल्पनाले आशाबादी बनाउँछ
मिलनको सम्झनाले मन रमाउँछ !!



जिन्दगी जस्तो होस् चाख्नु नै छ
मन हो जसोतसो बुझाउनै पर्छ
कर्मको नै पूजा तन्मन्ले सधैं
परिश्रर्मको फल मिठै मान्नुपर्छ।


न फूल बनि फुल्न पाए
न पवन संगै डुल्न पाए
न त जिते सृष्टिलाई,
न अतित भुल्न पाए !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼