Saturday, December 4, 2010

प्रतिकृया:- 
सोचे जस्तै आफ्नो भाग्य आँफै लेख्न नपाईने

खोजे जस्तै आफ्नो संसार पनि देख्न नपाईने

समयको असिनाले चुट्नुसम्म चुटेपछि
भबिष्यका पीडाहरु आँफै छेक्न नपाईने

फूलमा डुल्ने भमरा झैं डुलें पनि डालीडाली
तिर्सना ती मनभरिका आँफै मेट्न नपाईने


एकान्तमा बिरहले छट्पटाइ बाँचे पनि
बिताएको समयलाई फेरि भेट्न नपाइने

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼