अति याद आउछ तिम्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार तिम्रो नेहेरेको धेरै भयो
खुलाइएको जीवन थियो, सप्तरंगी इन्द्रेणी झै
रङ्गीन त्यो दुनियामा, नखेलेको धेरै भयो
उच्छवासमा खेलिएका, कल्पनाको सँसारमा
लहरिदै मनका सपना, नलेखेको धेरै भयो
समयको पावन्दिले उजाडेर लगेपछि
तिमीसँगै बितेका पल, नभेटेको धेरै भयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼