Tuesday, December 28, 2010

गजल(झुक्नुपर्छ भने)

झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने
स्वाभिमान गुमाएर चुक्नुपर्छ भने


शीर उँचो राखिरहने जिन्दगीको चाह
के अर्थ भो अन्यायमा रुक्नुपर्छ भने

कर्म भित्रै फुलिर’दा संघर्सकै बागमा
नफुलेरै जुधीर'न्छु,सुक्नु पर्छ भने

भुलेपछि निर्मोहिले बिश्वासघात् गरी
अस्तित्व के! उस्कै बाटो ढुक्नुपर्छ भने

2 comments:

  1. एक दम सही भाव रहेको छ ! भगवती जी !

    ReplyDelete
  2. के हो भगवती जी भावना त धेरै बुलन्द छ नि ?

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼