Saturday, December 4, 2010

गजल

गजल



सोचे जस्तै आफ्नो भाग्य आँफै लेख्न नपाईने
खोजे जस्तै आफ्नो संसार आँफै देख्न नपाईने

समयको असिनाले चुट्नुसम्म चुटेपछि
भबिष्यका पीडाहरु आँफै छेक्न नपाईने

फूलमा डुल्ने भमरा झैं डुलें पनि डालीडाली
तिर्सना ती मनभरिका आँफै मेट्न नपाईने


एकान्तमा बिरहले छटपटाइ बाचे पनि
बिताएको समयलाई फेरि भेट्न नपाइने

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼