Monday, December 6, 2010

गीत

गीत

झर्न दिन्न तिम्रो आँशु जीवनभरि तिमी भन्थ्यौ

जस्तो सुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ


कस्को आँखा लाग्यो हेर निश्चल मेरो प्रेममा
हर्ष बिभोर थिए साह्रै रमाउँदा समिपमा
आफ्नो दु:ख लुकाएर सधैं खुशी बाड्ने गर्थ्यौ
जस्तो सुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ

नेपथ्यमा विलिन भयौ आज मैले देख्दा देख्दै
तिम्रो मेरो प्रेम कथा अपुरो भो लेख्दा लेख्दै
जिन्दगीको सार भन्दै स्पर्शले मन भर्थ्यौ
जस्तोसुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼