गजल (मात्र मेरो धोका रैछ)
बुद्धिमानी भन्ने लाग्थ्यो मात्र मेरो धोका रैछ
जान्ने सुन्ने मै हुँ भन्ने घमन्डको पोका रैछ
जति दियो उति बढ्ने ज्ञानगुनका कुराहरु
मलाई गुरु भनोस् भन्ने नामको नै भोका रैछ
झुकिरन्छन् सधैभरि फलेका ती बृक्षहरु
पाक्न नदिई झार्न खोज्ने हावाको त्यो झोका रैछ
शान्त सौम्य गाम्भिर्यता लाग्थ्यो सधै सागरसरि
छालसँगै उर्ली आउने मात्र पानी फोका रैछ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼