मखमली मनफूल
चिबेहरु को आकाश आगामी बर्ष हरु कोफूलदानीमा आफ्नो बादलको नक्सा कोर्छ,
आनन्द बाट बन्चित सड़कहरु नगरबधू का प्रिय हातहरुमा
आफ्नो संकोचको तुषारो हेर्दै मनफूलको पूजा गर्दैछन,
बंशीधर लाइ बादलको नक्सामा झिनो गीतको लालपुर्जा आजै कोर्नुछ!!
मैले यथार्थमा नयन को पवन बट्टा हल्लिएको देखे
मैले आगो को बैंशहरु मा मखमली मनफूल हरु सजिएको देखे,
पीपल प्रश्न हरु मा टडकारो मेरो युग करारनामा पढ्दै
बिरुपाक्ष लाइ चट्टान को कडापन प्रश्तुत गर्दैछ,
शशिकान्त लाइ मूर्छनाको मंदिर मा आजै कालपुजा गर्नु छ!!
हर्षित युग का सक्कली फांसीघरहरु
धादिंग फेदीका बैंशहरु मा आवाजका कलिला गोड़ाहरु कल्पिन्छ्न,
भ्रमका ओजोनप्रश्तर मनफूल हरु डोटेली परिधानमा
मेरो प्रमीथस लाइ गल्ति का स्वीकार्य जन्जिर हरु मा डोर्याउछन
नन्द कामि लाइ आजै निर्देशको उचाईमा काँटीको रुप हेर्नुछ!!
क्रिसमसका खेलौनाहरु मा यौबनको रंग शीतको बोट कल्पिदैं
असुरक्षित लाजरसहरु का तस्बिरहरु मा काँचो धागो बेर्छ,
लिंगका काँधमा बन्दुक बनफुलको बैंश तिर ताक्दै
मृत्युदण्ड को घोषणा गरिएको यो बस्तिमा क्षमाशील कपास लाइ
म्वाइ खान्छ ,
देवानन्द लाइ आजै प्रिय आँधीको कोठा सम्म बिहानी पुर्याउनु छ!!
मचानहरु को हुकुमी धराप मेरा छेपाराहरु स्वीकार गर्छन
हिउँको चिसो आगोको रुप देख्ने मनफुलहरु
मर्नु अगावै पातका हरिया बैंशहरु मा
जितको समुन्नत दराज तयार पर्छन!!
बलदेव भट्ट "बिहानी"
२१-०१-११
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼