अपुरै भो तिमीसंगै हाँस्ने रहर आखिरीमा
तड्पि तड्पी बिते सबै बाँच्ने प्रहर आखिरीमा
तन दिएँ मन दिएँ,अनि जीवन तिमीलाई
प्रेमभरि प्याला पनि भयो जहर आखिरीमा
मिठो चाह देखाइ रह्यौ आशै आसमा बाँची रहे
मझधारमै छोडि मलाई तर्यौ नहर आखिरीमा
जति सुकै झिलिमिली साजसज्जा भएपनि
असभ्य र जाली रैछ तिम्रो शहर आखिरीमा
जूनेली ती रातै भरि कठाङ्ग्रिदै कति बसे
शीत बनी टलपलाइ काटेँ कहर आखिरीमा
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼