Tuesday, January 25, 2011

मुक्तक


मुक्तक

१.
मूलहरु फुट्छन् तिर्खा मारेर जान्छन्

फूलहरु फुल्छन सुवास छरेर जान्छन् !
धेरै सोच्ने किनारमै उभिरहन्छन्
सहासीहरू सजिलै तरेर जान्छन् !!

२.
फूल कहाँ फक्रिन्छ र कोपिलामै तोडेपछि

माया कहाँ पलाउछ र भित्रीमनै मरेपछि
सपनाका महल ती ब्युँझिदा त भत्किजान्छ
के अर्थ भो त्यो साथ फेरि बदनाम गरेपछि

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼