Thursday, February 24, 2011

गीत

गीत


तनमन सुम्पी सके अब तिम्रो हुन बाँकी
दुख पीर बिर्सिएर तिम्रै काखमा रुन बाँकी

मनैभित्र तिम्रै माया सल्बलाउछ घरिघरी
जता जान्छु उतै देख्छु तिम्रै छायाँ वरिपरी
ढुक्ढुकीमा सुन्दैछु म, नगाएको धून बाँकी
तनमन सुम्पी सके अब तिम्रो हुन बाँकी

तिम्रो चोखो माया यही मेरो जिउने आश
तिम्रै न्यानो स्पर्शमा अल्झेको छ सास
सारा संसार दिई सक्यौ, छैन अब जून बाँकी
तनमन सुम्पी सके अब तिम्रो हुन बाँकी



No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼