परिश्रमको मिठो फल कमाएर जादैछु म
दु;ख गरी आर्जेको धन् जमाएर जादैछु म
बर्षौ देखी टाढिएर बसेका ति आफन्तको
साथै बस्न खुशी हुदै रमाएर जादैछु म
पिजडाको चरीले झैँ गुम्सिएर भित्र-भित्रै
कमाएको दाम हातले समाएर जादैछु म
बिदेशमा भेटिएका मेरा प्यारा मित्रहरु
छुट्दा झर्न लाग्या आँशु थमाएर जादैछु म
कान्छी छोरी सधैँ सुखी रहोस् भन्दै पुकारेको
बा-आमाको सुन्दर स्वप्न सजाएर जादैछु म
रिमा साइराम
**रिमा साइरामको नेपाल जादै गर्दा रचिएको गजलमा प्रतिउत्तर दिदा यस्तो गजल बनेछ।**
गजल
परिश्रमी मेरी छोरी कमाएर फर्कदैँछ
परदेशको अनुभव समालेर फर्कदैँछ
तड्पिएर बस्दै थिए उस्कोनै पर्खाइमा
सपना ती साकार पार्दै रमाएर फर्कदैँछ
कर्तब्य नै ठुलो हुन्छ जीवनमा भन्ने सम्झी
असन्तुस्ट मनलाई बुझाएर फर्कदैँछ
सहयात्री मित्रहरु छुटिन्छन भन्ने सोच्दै
परेलिका मोतिदाना थमाएर फर्कदैछ
छुटिनु र भेटिनु त संसारको रित यस्तै
साहित्यमा आफुलाई सजाएर फर्कदैँछ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼