जेलिएको हुन्छ भाग्य पौरखले गोड्नुपर्छ
संघर्षका पहाडहरु साहसले फोड्नुपर्छ
पराइको भर हैन आँफै जाँगर चलाएर
रुढिबादी परम्परा सबै मिली तोड्नुपर्छ
निराशाको कालो बादल् मनै देखि हटाएर
असफल प्रयासहरु सफलतमा मोड्नुपर्छ
मेहनती हातमा नै मोती दाना झुल्नेगर्छ
आलस्य र अल्छिपन अब हाम्ले छोड्नुपर्छ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼