Thursday, April 28, 2011

- बिछोडको आँशुहरु ...।

बिछोडको आँशुहरु पुछ्नै पर्छ सम्हालिंदै ।
ढुङ्गा जस्तो मन पार्दैँ बस्नै पर्छ सम्हालिंदै ।

परेलीका आँसुहरु सम्झनमा बगाउँदै,
जिन्दगीका गोरेटोमा डुल्नै पर्छ सम्हालिंदै ।

फूलका ती आँखाहरुले सधैं फूल देख्ने गर्छन्,
काडै काँडा बीच पनि फुल्नै पर्छ सम्हालिंदै ।

विश्वाश छ कसको यहाँ अबिश्वासको संसारमा,
मनभित्रका चाहनालाई भुल्नै पर्छ सम्हालिंदै ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼