Thursday, April 28, 2011

- न त दिए शान्ति....।

गजल- १
यी नेताले देशलाई न त दिए शान्ति ।
संविधानको काम छाडी, बाँडे मात्र भ्रान्ती ।

समय नि बित्न लाग्यो, हात लाग्यो शून्य,
बानेश्वरमा भोज खान्छन्, ६०१ को जन्ती ।

बीरवलको खिचडीझैं, पाक्दैछ रे के के,
जनताको मुहारमा, छैन कुनै कान्ति ।

गजल- २

दलहरूले देशलाई न शान्ति न संविधान ।
भएनन किन यिनी धैर्यशील र शालीन ।

द्वन्द्व अशान्ती जनताको उठिबास,
मुस्किल छ समस्याको समाधान ।

जनतलाई दु:ख भोकै मजदुर,
किन प्यारो सधैं बन्द आन्दोलन ?

गणतन्त्र भन्नु मात्र अस्तब्यस्त देश,
अति भयो भन्ने कस्ले गर्ने मनन ?

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼