Monday, April 11, 2011

A Gazal

A Gazal

माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर
आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर


रितिथिति संस्कार नै कुल्चिएर हिड्यो भन्छौ
आधुनिक समयको चक्रसंगै नाँची हेर

खुशी हुन्छौ सधैं अर्को बदनाम हुदाँ किन
अपमानको उपहार आफै माथि टाँसी हेर

खेल ठान्दै पिरतीमा जित्नै पर्छ भन्ने सोच्छौ
मुटुभरि बिछोडका पीडाहरू साँची हेर

सभ्यताको नाम बेची सभ्य बन्न खोज्छौ किन
सत्य युग सम्झिएर कलियुगमा बाँची हेर


No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼