Tuesday, May 3, 2011

- जन्म दियौ आमा

 
जन्म दियौ आमा तिमी धन्य छ्यौ ।
सारा जगमा तिमी नै मान्य छ्यौ ।

त्याग उत्सर्गको बयान के गरौ,
अबुझ हुँ म तिमी नै जान्य छ्यौ ।

दया माया बात्सल्य यी गहना,
उदारताकी प्रतीमूर्ती बन्य छ्यौ ।

श्रद्दा सुमन चढाउ कुन शब्दले,
संसारमा जहिँ तहिँ पुन्य छ्यौ ।

दु:ख दर्द सबै लिई आफूले,
पीडामा नि हाँस्ने तिमी गुन्य छ्यौ ।

भगवती बस्नेत
**आमाको सम्मान प्रतिष्ठा र स्नेह अतुलनिय छ। नौ महिना शिशुलाई गर्भधारण गरेर जन्म दिने आमा वास्तबमा नै महान छिन् ।आमा भन्दा पूजनिय संसारमा अरु कोहि हुदैन। आमाको गुनगान शब्दमा बयान हुन सक्दैन यसको लागि भावनात्मक तथा आत्मिया भाषाको आवश्यक हुन्छ ।आमा जगदात्री जगतजननीकी साकार स्वरुप हुन यस्ती आमाको त्याग तपस्या र बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। आमा बिना सृष्टि सम्भव हुदैन त्यसैले सन्तान आमा प्रति सदैव उदार हुनुपर्छ । समयको परिवर्तनसँगै हरेक कुराको परिवर्तनका कारण आज आमा छोरा वा आमा छोरी बीचको सम्बन्ध शारिरिक रुपमा टाढा भए पनि मानसिक रुपमा टाढा भएको हुदैन । आजको ब्यस्त युगमा आफ्नो करियर बनाउने दौडधुपमा जहाँ जहाँ पुगे पनि समय जति फेरिए पनि हाम्रो संस्कृति अनि परम्परागत चाड्पर्व माता तीर्थ औसिमा ईन्टरनेटको सहायताले नै भएपनि थोरै बेर बोलेर वा गिफ्ट पठाएर भए पनि आमाको सम्झना गरिएकै हुन्छ समय फेरिए पनि आमाप्रतिको श्रद्धा उहि उचाइमा छ र हुनेछ ।आजको यो गजल उही मेरो ममतामयी आमाप्रती समर्पित। हप्पी मदर्स डे मोम। **

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼